२५० जनालाई सरकारी जागिरको अवसर

काठमाडौं । नेपाली सेनामा २ सय ५० जनालाई रोजगारीको अवसर खुल्ला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सूचना जारी गर्दै समावेसी र खुला प्रतिस्पर्धाबाट २ सय ५० जाना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो।

 

विभागले खुला तर्फ १३१, महिला तर्फ २२, आदिवासी रजनजाती तर्फ ३६, मधेसी तर्फ ३१, दलित तर्फ १७, पिछडिएको क्षेत्र तर्फ ६, सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा कुनै शारिरिक चोटपटक लागि सोही कारणबस शारीरिक अशक्त भएका र कर्तव्य पालनाको शिलशिलामा मृत्यू भएका नेपाली सैनिकको सन्तती तर्फ २२, जना गरी २ सय ५० जाना लागि दरखास्त आह्वान गरेको हो।

 

 

योग्यता पुगेका नेपाली नागरिकले भदौ ४ गते देखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज ३ गतेदेखि ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

दरखास्त दिनको लागि  सेनाको  वेवसाइट  https://www.nepalarmy.mil.np  मा अनलाइन फारम भरी सो को प्रिन्ट आउटसहित तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी पेश गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

 

भदौ १४ गते स्याउ महोत्सव हुँदै Read Previous

भदौ १४ गते स्याउ महोत्सव हुँदै

अब तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्नैपर्ने Read Next

अब तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्नैपर्ने