फास्टट्रयाकको वित्तीय प्रगति ९७ प्रतिशत, अहिलेसम्म के-के काम पूरा भयो ?

निर्माणधीन फास्टट्रयाक

काठमाडौं । काठमाडौं-तराई-मधेश द्रुतमार्गको गत वर्ष सन्तोषजनक वित्तीय प्रगति भएको छ । गत आव २०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन गरिएकोमा ९७.३४ प्रतिशत खर्च भएको नेपाली सेनाले जनाएको छ ।

 

आयोजना अनुसार हालसम्म समष्टिगत भौतिक प्रगति १६.१ प्रतिशत र वित्तिय १४.५१ प्रतिशत लक्ष्य हासिल भएको छ । गत वर्षमा आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएको थियो ।

 

कुल ५५.५ किलोमिटर सडकमध्ये हालसम्म ४४.१ किलोमिटर सडकमा सबग्रेड लेभल हाल्ने काम सम्पन्न भएको सेनाका प्रवक्ता सन्तोष बल्लव पौडेलले बताए । उनले ठाउँ–ठाउँमा बक्स कल्भट, पाइप कल्भट, ग्राभेल वाल, कटिङ, फिलिङ, आरिवाल राख्ने काम सम्पन्न भएको जानकारी दिए ।

 

सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरु सुचारु गरिएको छ । हाल उक्त परामर्शदाताबाट टिम लिडर, प्रोजेक्ट कोअडिनेटर, टनेल इन्जिनीयर, हाइवे इन्जिनीयर, ब्रिज इन्जिनीयर, मटेरियल इन्जिनीयर, रोड र सेफ्टी एक्सपर्टहरुले कार्य प्रारम्भ गरेका छन् ।

सेनाको निर्माण व्यवस्थापनमा अघि बढेको उक्त आयोजनाको महत्वपूर्ण संरचनाको रुपमा रहेका दुवै सुरुङ ठेक्कापछिको कार्य प्रारम्भ गरिएको छ । दुवै सुरुङ्ग ठेक्का प्याकेजहरुको सम्झौता भई मोबिलाइजेशन सहित काम शुरु भइसकेको छ ।

 

 

आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषयविज्ञ छनोट गरी सर्भेलगायतका कार्य सुचारु गरिएको छ ।

 

हाल उक्त परामर्शदाताबाट टोली प्रमुख, आयोजना समन्वयकर्ता, सुरुङ इञ्जिनीयर्स, सडक इञ्जिनीयर्स, पुल इञ्जिनीयर्स, वरिष्ठ भूगर्भ शास्त्रीले कार्य प्रारम्भ भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

आयोजनास्थलमा १४ वटा बेलिब्रिज जडान गर्ने योजनाअनुसार आठवटा बेलिब्रिज जडान गरिएको तथा पुल तथा सुरुङ निर्माण गर्न आवश्यक पहुँच मार्ग निर्माण कार्य भइरहेको छ ।

आयोजनाको पाँच ठाउँमा आधारभूत प्रयोगशाला उपकरण जडान गरी गुणस्तर परीक्षण र अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्शमा नवीन उपकरणसहितको प्रयोगशाला थपको व्यवस्था गरिएको छ ।

 

आयोजना अघि बढाउने सन्दर्भमा हालसम्म ९१.५ प्रतिशत जग्गा अधिकरण र मुआब्जा वितरणको काम पूरा भएको छ । खोकना–बुङ्मतीमा जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उपसमिति गठन भई समन्वयका लागि पहल भइरहेको सेनाले जानकारी दिएको छ ।

 

रुख कटान तथा व्यवस्थापनको काम शतप्रतिशत पूरा भई वृक्षरोपण पनि असार मसान्तसम्म २ लाख ४९ हजार १६६ वटा भएको छ । आयोजना अघि बढाउने सन्दर्भमा वातावरणीय प्रभाव मूल्याङकन स्वीकृति भई कार्य प्रारम्भ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

महालक्ष्मी बैंकको नाफा ७१ प्रतिशतले वृद्धि, वितरण योग्य नाफा कति ? Read Previous

महालक्ष्मी बैंकको नाफा ७१ प्रतिशतले वृद्धि, वितरण योग्य नाफा कति ?

मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीले आइएमई पेमा इन्टर्नसिप गर्न पाउने Read Next

मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीले आइएमई पेमा इन्टर्नसिप गर्न पाउने