सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारको उकालो यात्रा आज पनि निरन्तर रहेको छ । आइतबार झन्डै १०० अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको छ ।

 

आज सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक नै रहेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १७ करोडले बढेर पौने १२ अर्ब पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १३.८० अंकले बढेर २९९४.४२ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ बराबरको ३ करोड ७५ लाख १३ हजार ३५४ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ५.२२ प्रतिशतले बढेको छ भने फाइनान्स समूह १.१७ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २१९ कम्पनीमध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३५ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंकको ३३ करोड र नेपाल बंगलादेश बैंक ३१ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज सिनर्जी पावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, आज विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४०, हिमालयन ऊर्जा ५.९८, अरुण काबेली ५.७०, हिमालयन पावर ५.२८, एनआरएन इन्फ्रास्ट्रक्चर, साल्ट ट्रेडिङ र कालिका पावरको सेयर मूल्य ४ प्रतिशभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिबेन्चरधनीले सबैभन्दा धेरै ५.८७ प्रतिशत गुमाएका छन् ।

६ अर्ब बक्यौता नबुझाएको स्मार्ट टेलिकमको  फेरि म्याद थप Read Previous

६ अर्ब बक्यौता नबुझाएको स्मार्ट टेलिकमको फेरि म्याद थप

सधैं घाटामा जाने सार्वजनिक संस्थान निजीकरण किन नगर्ने ? Read Next

सधैं घाटामा जाने सार्वजनिक संस्थान निजीकरण किन नगर्ने ?