१५०० रुपैयाँमै पोखरा जाने जहाजको टिकट, २५०० रुपैयाँमा नेपालगञ्ज
चाणक्य पोष्ट
प्रकाशित : 12:17 pm, सोमबार, साउन ४, २०७८

काठमाडौं । आन्तरिक हवाई उडान संचालन भएसँगै यात्रुलाई आकर्षित गर्न एयरलाइन्स कम्पनीहरुले सस्तो दरको टिकट अफर ल्याउन थालेका छन् ।

 

यसैक्रममा, निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले सस्तो फ्लाइट अफर ल्याएको छ । एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी दुई ठाउँको टिकट सिस्तो मूल्यमा किन्न सकिने अफर ल्याएको हो ।

 

एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं-पोखराको एकतर्फी टिकट १ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ । यस्तै, काठमाडौं-विराटनगर एकतर्फी टिकट २ हजार रुपैयाँमा किन्न सकिनेछ ।

 

यसैगरी, काठमाडौं-नेपालगञ्ज २ हजार ५०० रुपैयाँ र काठमाडौं-भद्रपुरको एकतर्फी टिकट २ हजार ४०० रुपैयाँमै पाइने एयरलाइन्सले जनाएको छ ।

 

यो अफर ३ दिन (साउन ५ देखि ७ गतेसम्म) सम्म लागू हुने एयरलाइन्सले जनाएको छ ।एयरलाइन्सले यसअघि पनि विभिन्न गन्तव्यमा यस्तो अफर ल्याएको थियो ।