आजदेखि सेयर किनबेच गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने

काठमाडौं । आजदेखि सेयर कारोबारमा ३ वटा नयाँ नियम कार्यान्वयनमा आउने भएको छ ।

 

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को दोस्रो संशोधन गर्दै गरेको व्यवस्था अनुसार सेयर खरिद विक्री गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने भएको छ ।

 

यसअघि सेयर कारोबार गर्दा रहेको न्यूनतम सीमा १ रुपैयाँलाई परिवर्तन गर्दै बोर्डले १० पैसा कायम गरेको हो ।

 

यस्तै, आजदेखि प्रिसेसन कारोबारमा सेयर मूल्य २ प्रतिशत मात्र बढाउन/घटाउन पाइने छ । प्रिसेसनमा धितोपत्रको कारोबारमा हुने अस्वभाविक उत्तरचढावलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

 

यसअघि प्रिसेसनमा एकैचोटी ५ प्रतिशत मूल्य बढाएर/घटाएर कारोबार गर्न पाउने व्यवस्था थियो । जसले बजारमा निकै चलखेल हुने गरेको थियो ।

 

यस्तै, आजदेखि सेयर कारोबारमा छुट्टाछुट्टै पूँजीगत कर लागू हुने भएको छ । खरिद गरेको १ वर्षभित्र सेयर बेचेमा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्ने छ १ वर्षपछि बेच्दा ५ प्रतिशत मात्र कर लाग्नेछ ।

१० महिनादेखि त्रिपाल मुनि थन्किएको रेल चलाउने तयारी, आज ट्र्याकको गति परीक्षण गरिने Read Previous

१० महिनादेखि त्रिपाल मुनि थन्किएको रेल चलाउने तयारी, आज ट्र्याकको गति परीक्षण गरिने

पटकपटक म्याद थप्दा पनि हटेनन् २० वर्ष पुराना गाडी, व्यवसायी अटेरी, सरकार मूकदर्शक Read Next

पटकपटक म्याद थप्दा पनि हटेनन् २० वर्ष पुराना गाडी, व्यवसायी अटेरी, सरकार मूकदर्शक