नर्भिक हस्पिटल पब्लिक कम्पनीमा रुपान्तरण, आइपीओ निष्काशन गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको हो ।

 

योसँगै अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज प्रालि’बाट रूपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ ।

 

निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको नर्भिकले भविष्यमा आफ्नो सेवालाई विस्तार गरी जनसहभागिता सुनिश्चित गर्ने अवधारणा अनुसार पब्लिक कम्पनीमा रूपान्तरण गरिएको हस्पिटलले जनाएको छ ।

 

पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (आइपीओ) समेत जारी गर्ने भएको छ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्नेगरी काम अगाडि बढेको अस्पतालले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग ६ दिनदेखि अवरुद्ध Read Previous

मध्यपहाडी लोकमार्ग ६ दिनदेखि अवरुद्ध

कोरियामा नेपाली मजदुरले न्यूनतम २ लाख तलब पाउने Read Next

कोरियामा नेपाली मजदुरले न्यूनतम २ लाख तलब पाउने