नेप्सेमा ७५ अंकको उछाल आउँदा पनि मूल्य घट्ने यी हुन् ४ कम्पनी

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । करिब २२५ अंकको करेक्शनपछि गत बिहीबारदेखि उकालो लागेको बजारमा आज उछाल आएको हो ।

 

पछिल्लो दुई कारोबार दिनमै नेप्से करिब १०० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिक सवा ४ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज झन्डै दोब्बरले बढेर ८ अर्ब नाघेको छ ।

 

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये २०२ कम्पनीको सेयर मूल्य बढेको छ । डिबेञ्चर र सामूहिक लगानी कोष बाहेक जम्मा ४ कम्पनीको मूल्य घटेको छ ।

 

उछाल आएको बजारमा आज  राष्ट्रिय बीमा कम्पनीका प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ४.३७ प्रतिशत गुमाएका छन् ।

 

यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंक ३.७५ प्रतिशत, ओरेन्टल होटल २.७० र अपर तामाकोशीको सेयर मूल्य ०.८६ प्रतिशतले घटेको छ ।

विकास बैंक र फाइनान्स चम्किँदा नेप्सेमा उछाल, यी २२ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

विकास बैंक र फाइनान्स चम्किँदा नेप्सेमा उछाल, यी २२ कम्पनीका लगानीकर्ता मालामाल

छोरी जन्मिए गाउँपालिकाले बैंक खातामा १५ हजार जम्मा गर्दिने Read Next

छोरी जन्मिए गाउँपालिकाले बैंक खातामा १५ हजार जम्मा गर्दिने