विकास बैंक र फाइनान्स चम्किँदा नेप्सेमा उछाल, यी २२ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । करिब २२५ अंकको करेक्शनपछि गत बिहीबारदेखि उकालो लागेको बजारमा आज उछाल आएको हो ।

 

पछिल्लो दुई कारोबार दिनमै नेप्से करिब १०० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिक सवा ४ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज झन्डै दोब्बरले बढेर ८ अर्ब नाघेको छ ।

 

झन्डै १ महिनाको करेक्शनपछि बजारले लय पकड्दा लगानीकर्ता उत्साहित भएका छन् । जसले कारोबार रकममा बढोत्तरी आएको हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ७४.७१ अंकले बढेर २८९९.८२ विन्दुमा पुगेको छ । आज २२५ कम्पनीको ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ । फाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै ८ प्रतिशतभन्दा धेरैले बढेका छन् । यस्तै, बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, जीवन बीमा र माइक्रोफाइनान्स समूह पनि २ प्रतिशभन्दा धेरैले बढेका छन् ।

 

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४० करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक साढे २५ र नेपाल बैंक २४ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

आज लगानीकर्ता फाइनान्स र विकास बैंकको सेयरमा झुम्मिएका छन् । यी समूहका अधिकांश कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ ।

 

उच्च अंकले बढेकोे बजारमा झन्डै २ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स र विकास बैंक रहेका छन् ।

 

आज गोर्खा, श्री इन्भेष्टमेन्ट र आइसीएफसी फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यसैगरी, साइन रेसुंगा, मल्टिप्रपोज, समृद्धि, गुडविल फाइनान्स, महालक्ष्मी, सांग्रिला विकास बैंक, हिमाल दोलखा हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, ज्योति विकास, सप्तकोशी, कर्णाली, ग्रीन डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ, बेस्ट, सेन्टर, रिलायन्स, जानकी, पोखरा फाइनान्स, नेशनल र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

 

बढ्दो बजारमा आज राष्ट्रिय बीमा कम्पनीकाप्रमोटर सेयरधनीले सबैभन्दा धेरै ४.३७ प्रतिशत गुमाएका छन् ।

फाइनान्स र विकास बैंकको सेयर उछाल, किन झुम्मिए लगानीकर्ता ? Read Previous

फाइनान्स र विकास बैंकको सेयर उछाल, किन झुम्मिए लगानीकर्ता ?

नेप्सेमा ७५ अंकको उछाल आउँदा पनि मूल्य घट्ने यी हुन् ४ कम्पनी Read Next

नेप्सेमा ७५ अंकको उछाल आउँदा पनि मूल्य घट्ने यी हुन् ४ कम्पनी