नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, सयौं सवारीसाधन बीच बाटोमै रोकिए

फाइल तस्वीर

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उनले बताए।

 

बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो । सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन ।

 

सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।

६४.५ करोडको आइपीओ ल्याएको युनियनमा गोल्छासहित १३ व्यापारीको लगानी, कसको हिस्सा कति ? Read Previous

६४.५ करोडको आइपीओ ल्याएको युनियनमा गोल्छासहित १३ व्यापारीको लगानी, कसको हिस्सा कति ?

कोरोनाको खोप लिन निगमको जहाज चीन जाँदै Read Next

कोरोनाको खोप लिन निगमको जहाज चीन जाँदै