गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’को तयारी

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ (परीक्षण उडान) को तयारी गरिएको छ ।

 

वैशाखमै क्यालिब्रेशन फ्लाइट गर्ने तयारी गरिए पनि निषेधाज्ञाका कारण रोकिएको थियो । अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खुलेसँगै विमानस्थलले क्यालिब्रेशन फ्लाइट गर्ने तयारी गरेको हो ।

 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले चालू आर्थिक वर्षभित्रै उडान शुरु गर्ने गरी काम भइराखेको भए पनि कोभिडका कारणले केही ढिलाइ हुन गएको बताए ।

 

कोभिडका कारण निषेधाज्ञा हुँदा उडानहरु बन्द रहेको थियो । जसका कारण क्यालिब्रेशन फ्लाइटको काम रोकिएको उनले बताए । ‘चालू आव भित्रै उडान शुुरु गर्ने गरी काम गरिरहेका थियौं, कोभिडका कारण केही ढिलाई भएको छ,’ क्षेत्रीले चाणक्य पोष्टसँग भने, ‘अहिले हवाई उडान खुला भएको छ । अब चाँडै क्यालिब्रेशन उडान गर्नेछौं ।’

 

क्यालिब्रेशन फ्लाइट लागि विदेशबाट जहाज ल्याउनुपर्ने हुन्छ । विमानस्थलहरुमा उडान बन्द हुँदा सो परीक्षणको काममा ढिलाई भएको हो । हाल विशेष फ्लाइट मार्फत जहाज ल्याउने तयारी भइरहेको छ । त्यसका लागि विदेशबाट उडानको परमिट लिनु पर्ने हुन्छ भने परमिट स्वीकृत हुनका लागि १ साता जति लाग्ने अनुमान उनको छ ।

 

प्रवक्ता क्षेत्रीले उडानका लागि इन्टरनेस्नल सिभिल कर्पोरेशनसँग छलफल हुने र स्वीकृति पछि उडान गरिने बताए ।

 

९७.४८ प्रतिशत निर्माण सम्पन्न

 

विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका अनुसार असार दोस्रो सातासम्म विमानस्थलको ९७.४८ प्रतिशत भौतिक निर्माण पूरा भएको छ ।

 

प्राधिकरणका अनुसार हालसम्म वित्तीयतर्फ समग्रमा ७६ प्रतिशत प्रगति भएको छ । गौतमबुद्ध विमानस्थलका लागि चालू आवमा ३ अर्ब २८ करोड २३ लाख रुपैयाँ छुट्याइएकोमा हालसम्म ८९ करोड २९ लाख रुपैयाँ खर्च भएको छ ।

 

हालसम्म विमानस्थलको रनवे तर्फको नवे लाइट जडान कार्य भइसकेको छ । ट्याक्सी वे लाईट जडान कार्य अन्तिम चरणमा रहेको छ । एयर कन्डिस्नीङ सिस्टम जडान तथा इनटेरियर फिनिसिङको काम भइरहेको छ । साथै विमानस्थल प्रवेशद्धार निर्माण कार्य पूरा भएको छ ।

 

आईसीबी ओटुमा इक्यूपमेन्ट जडानको काम सकिसकेको छ । प्रवक्ता क्षेत्रीका अनुसार चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एसिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले विमानस्थलको भौतिक संचना निर्माणको काम सकेको छ । टर्मिनल, प्रशासनिक भवन, अग्नी निवारण तथा कन्ट्रोल टावरको काम सकिएको हो ।

 

विमानस्थलमा उपकरण ल्याउने र जडान गर्ने जिम्मा एरोनटीकल रेडियो अफ थाइल्याण्डले पाएको थियो । जडानको काम थाइ जनशक्ति र चिनियाँ जनशक्तिले गरेका थिए । यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०२१ जनवरीमा सञ्चालन गर्ने तयारी रहेको थियो ।

 

विमानस्थल निर्माण २ चरणमा भइरहेको छ । आइसीबी १ र आइसीबी २ गरी दुई चरणमा काम भइरहेको छ । भ्याटसहित ६ अर्ब ८२ करोडको रुपैयाँ आइसीबी १ को बजेट रहेको छ । आइसीबी २ को बजेट ५० करोड रुपैयाँ रहेको छ । शुरुमा आइसीबी १ का लागि ६ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

यस विमानस्थलमा ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग बनेको छ । यो आयोजना २०१५ मा निर्माण शुरु भएको थियो । सन् २०१८ डिसेम्बरमा सक्ने लक्ष्य राखिए पनि विविध कारण हालसम्म सम्पन्न हुनसकेको छैन ।

 

नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै गुमाउने १० कम्पनी Read Previous

नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै गुमाउने १० कम्पनी

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै काट्न सकिने Read Next

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै काट्न सकिने