काठमाडौं । देवयानी राज्यलक्ष्मी राणा अन्तर्राष्ट्रिय पेय पदार्थ ब्रान्ड कोकाकोलाको नयाँ उपाध्यक्षमा नियुक्त भएकी छिन् ।
कोकाकोलाले बिहीबार देवयानी राज्यलक्ष्मी राणालाई भारत र दक्षिण पश्चिम एसियाका लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपनका उपाध्यक्ष नियुक्त गर्ने घोषणा गरेको हो ।
उनी कोकाकोला कम्पनीको उद्देश्यहरु प्राप्त गर्नका लागि यस क्षेत्रमा यसको नेतृत्व समूहसँग आबद्ध भएकी हुन् ।
राणासँग सरकार र कर्पोरेट मामिला, रणनीतिक व्यवसाय वकालत, जोखिम व्यवस्थापन, सञ्चार, सीआरएस र दिगोपनमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।
पछिल्लो साढे दुई दशकको अवधिमा उनले थुप्रै सरोकारवालाहरुसँग सहकार्य गरि दिगो विकासका कार्यक्रमहरु स्थापना गर्न लागि परिरहेकी थिइन् ।
राणा राप्रपा अध्यक्ष मण्डलका नेता पशुपति शमशेर जबराकी छोरी हुन् ।