युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद बिक्री खुल्ला, असोज ६ गतेसम्म भर्न पाइने

काठमाडौं । युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद आज (मंगलबार) बाट बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरले हाल कायम रहेको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर खुल्ला गरेको हो ।

 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

 

युनाइटेडको हकप्रदमा असोज ६ गतेसम्म आवेदन दिन पाइनेछ ।  साउन १३ गतेसम्म कायम सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् ।

 

यो हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

 

यस हकप्रदमा सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।युनाइटेडको सम्पूर्ण शाखा तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।एनएमबि बैंकको शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।

 

यस्तै, गुडविल फाइनान्सको कार्यालय हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, कुमारीपाटी शाखाबाट फारम पाइनेछ । सेन्ट्रल फाइनान्सको कुपन्डोल, चावहिल र च्याम्हासिंहको शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

 

५० पदका लागि ४० करोड खर्च Read Previous

५० पदका लागि ४० करोड खर्च

८० करोड बक्यौता नतिरेपछि हेलो नेपालको अनुमतिपत्र खारेज Read Next

८० करोड बक्यौता नतिरेपछि हेलो नेपालको अनुमतिपत्र खारेज