सवारी साधनमा जोरबिजोर हट्यो, अब सबै गाडी चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हट्ने भएको छ ।

 

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो ।

 

यससँगै अब हरेक दिन सबै नम्बरका सार्वजनिक तथा निजी सवारीसाधन संचालन गर्न पाइने भएको छ । यसअघि असार ७ देखि निजी र १५ गते २५ सिटभन्दा माथिका बस मात्र जोरबिजोर प्रणालीमा चल्न दिइएको थियो ।

 

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ ।

 

यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४/४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ ।

मेगा बैंकले ल्यायो ‘मेगा मेडि कार्ड’ सुविधा, डेढ लाखसम्म अस्पतालको बिल तिर्न मिल्ने Read Previous

मेगा बैंकले ल्यायो ‘मेगा मेडि कार्ड’ सुविधा, डेढ लाखसम्म अस्पतालको बिल तिर्न मिल्ने

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ६४ गुणा बढी आवेदन, कति जनाले भरे ? Read Next

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ६४ गुणा बढी आवेदन, कति जनाले भरे ?