नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

 

भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो ।

 

राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।

चालू वर्ष घरजग्गाबाट ५० अर्ब राजस्व संकलन हुने, गत वर्षभन्दा १६ अर्बले बढी Read Previous

चालू वर्ष घरजग्गाबाट ५० अर्ब राजस्व संकलन हुने, गत वर्षभन्दा १६ अर्बले बढी

साञ्जेन विद्युत् आयोजनामा उपकरण जडान शुरु गरिँदै, यसै वर्ष सम्पन्न हुने Read Next

साञ्जेन विद्युत् आयोजनामा उपकरण जडान शुरु गरिँदै, यसै वर्ष सम्पन्न हुने