सगरमाथा इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

 

इन्स्योरेन्सले असार ३० गते २४ औं वार्षिक साधरण सभा डाकेको छ । सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज तोकेको छ । तसर्थ आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

 

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ नगद गरी कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

चामल आयात ६० प्रतिशतले वृद्धि, ११ महिनामै ४८ अर्बको भित्रियो Read Previous

चामल आयात ६० प्रतिशतले वृद्धि, ११ महिनामै ४८ अर्बको भित्रियो

पहिरोले भीमफेदी-कुलेखानी सडकखण्ड अवरुद्ध Read Next

पहिरोले भीमफेदी-कुलेखानी सडकखण्ड अवरुद्ध