राष्ट्र उत्थान लघुवित्तको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

यसैक्रममा, लघुवित्तले एनआइबीएल एस क्यापिटल लिमिटेडलाई सेयर निष्काशन गर्न विक्री प्रबन्धक नियुक्त गरेको छ ।

 

उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्तको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबीएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

 

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस लघुवित्तले संस्थापक र सर्वसाधरणको सेयर अनुपात मिलाउन आइपीऋो जारी गर्न लागेको हो ।

 

हाल १७ करोड ५० लाख चुक्ता पूँजीरहेको लघुवित्तको आइपीओ पछि चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

नेशनल हाइड्रोले पायो ५०% निर्माण पूरा भएको तल्लो इन्द्रावतीको लाइसेन्स Read Previous

नेशनल हाइड्रोले पायो ५०% निर्माण पूरा भएको तल्लो इन्द्रावतीको लाइसेन्स

प्रकाशकीय : लक्ष्य विनाको राजनीतिले निम्त्याएको आर्थिक संकट र हाम्रो पत्रकारिता Read Next

प्रकाशकीय : लक्ष्य विनाको राजनीतिले निम्त्याएको आर्थिक संकट र हाम्रो पत्रकारिता