काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका छन् ।
सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सीडीओहरुको बैठकले आजदेखि २५ सीट क्षमताभन्दा ठूला सार्वजनिक गाडीहरु जोरबिजोरका आधारमा चल्न दिने निर्णय गरेका थिए । सोसँगै आजदेखि सार्वजनिक बस संचालनमा आएका हुन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै बसहरु संचालनमा ल्याइएका छन् । चालक, सहचालक, यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।
हाललाई २५ सीटभन्दा कम क्षमताका माइक्रोबस, ट्याम्पु लगायत सार्वजनिक ससवारीसाधन भने चलाउन रोक लगाइएको छ । उपत्यकामा गतसातादेखि नै ट्याक्सी तथा निजी गाडी भने जोरबिजोर प्रणालीमा संचालन भइसकेका छन् ।
सरकारले असार १७ गतेबाट आन्तरिक उडान खुला गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीले पनि गाडी चलाउन पाउनुपर्ने माग गरेका थिए ।