तामाकोशीको सेयर किन्नेको ओइरो लाग्दा बेच्ने शून्य, किन झुम्मिए लगानीकर्ता ?

काठमाडौं । माथिल्लो तामाकोशीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

 

आज बजार खुल्न साथ तामाकोशीको सेयर मूल्यमा पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढेको छ । कारोबार शुरु भएको २० मिनेट (११ः२० बजेसम्म) कम्पनीको सेयर करिब ५ लाख कित्ता माग भएको छ भने विक्रीकर्ता शून्य रहेका छन् ।

 

गत बिहीबार पनि पोजेटिभ सर्किट लागेको कम्पनीको मूल्यमा लगातार दोस्रो दिन सर्किट लागेको छ । पछिल्लो दुई दिनमै तामाकोशीको सेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँले बढेको छ । आज प्रतिकित्ता ८१९ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट यसैसाता विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइन्मा जोडिने समाचार आएससँगै लगानीकर्ता यसको सेयरमा झुम्मिएका हुन् ।

 

यसअघि पटकपटक उत्पादन मिति तोकिए पनि यसपटक भने उत्पादन हुने निश्चित हुँदा लगानीकर्ता यसको सेयरमा आकर्षित भएका हुन् ।

 

आयोजनाले यसैसाता पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने र असारभित्रै दोस्रो युनिटबाट पनि उत्पादन शुरु गरिने जनाएको छ । असारभित्रै दुईवटा टर्बाइनबाट १५२ मेगावट विद्युत् उत्पादन हुने जनाइएको छ ।

अघि बढ्दै कालीगण्डकी-तिनाउ डाइभर्सन, १२६ मेगावाट विद्युत् निकालिने Read Previous

अघि बढ्दै कालीगण्डकी-तिनाउ डाइभर्सन, १२६ मेगावाट विद्युत् निकालिने

यात्रुले गुड्दै गरेको विमानबाट हाम फालेपछि... Read Next

यात्रुले गुड्दै गरेको विमानबाट हाम फालेपछि...