समस्यामा परेका ३५ जलविद्युत् आयोजनाले १ वर्षसम्म पुनःकर्जा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ ।

 

केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक पुनःकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो ।

 

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ ।

 

कुल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा १ वर्षसम्म पुनःकर्जा प्रदान गरिनेछ । अध्ययन समितिले १० मेगावाट भन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो । कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ ।

 

केन्द्रीय बैंकले प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, ५ करोडसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध लगराएको छ । उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिन्छ ।

जीवन विकास लघुवित्तको आइपीओमा पहिलो दिनमै ४ गुणा बढी आवेदन, कतिले भरे ? Read Previous

जीवन विकास लघुवित्तको आइपीओमा पहिलो दिनमै ४ गुणा बढी आवेदन, कतिले भरे ?

तामाकोशीको पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु गरिँदै, लाइनमा जोड्दा केही ठाउँमा बत्ति काटिने Read Next

तामाकोशीको पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु गरिँदै, लाइनमा जोड्दा केही ठाउँमा बत्ति काटिने