‘एनआइसी एशिया सेलेक्ट ३०’ म्युचुअल फण्डको विक्री खुला, १ करोड इकाईसम्म भर्न सकिने

काठमाडौं । एनआइसी एशिया क्यापिटलले आजदेखि ‘एनआइसी एशिया सेलेक्ट ३०’ म्युचुअल फण्डको विक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री खुला गरेको हो ।

 

निष्काशन गरिएको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गगरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरणले आवेदन दिन पाउने छन् । यो ७ वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो ।

 

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ। फण्डको इकाईमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै इकाई विक्री नभएको खण्डमा असार २४ गतेसम्म आवेदन दिन पाइने छ ।

 

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

 

यसको विक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ । एनआइसी एशिया क्यापिटल एनआइसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

फाष्ट ट्रयाकको सुरुङ डिजाइन गर्न चिनियाँ टोली आइपुग्यो, ६ महिना भित्र काम सक्ने Read Previous

फाष्ट ट्रयाकको सुरुङ डिजाइन गर्न चिनियाँ टोली आइपुग्यो, ६ महिना भित्र काम सक्ने

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाममा रेल सञ्चालन Read Next

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाममा रेल सञ्चालन