काठमाडौं । यो वर्ष सबैभन्दा बढी धान सुदूरपश्चिममा रोपाइ भएको छ । साउन मसान्तसम्ममा सुदूरपश्चिमका सबै क्षेत्रमा धान रोपाइ भएको हो गरिएको छ ।
प्रदेश १ मा अहिलेसम्म ९३.४९ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष प्रदेश यस प्रदेशमा ९४.४४ प्रतिशत धान रोपाइ भएको थियो ।
यस्तै, प्रदेश २ मा ९३.३१ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष सो प्रदेशमा ९३.१७ प्रतिशत धान रोपाइ भएको थियो । प्रदेश ३ मा ९६.९५ प्रतिशत धान रोपाई भएको छ । गत वर्ष सो प्रदेशमा ९४.२२ प्रतिशत धान रोपाई भएको थियो ।
यस्तै, गण्डकी प्रदेशमाम ८८.९२ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष सो प्रदशमा ९६.८७ प्रतिशत धान रोपाइ भएको थियो । प्रदेश ५ मा ९४.३९ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष प्रदेश ५ मा ९६.१९ प्रतिशत धान रोपाइ भएको थियो ।
कर्णली प्रदेशमा ९६.१६ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष कर्णालीमा ९८.३९ प्रतिशत धान रोपाइ भएको थियो ।
यो वर्ष कुल ९४.४३ प्रतिशत धान रोपाइ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष ९५.३९ प्रतिशत धान रोपाइ भएको थियो । गत वर्षको तुलनामा यो वर्ष ०.९६ प्रतिशतले धान रोपाई कम भएको हो ।
भौगोलिक अवस्थामा हेर्ने हो भने उच्च पहाडी क्षेत्रमा बढी धान रोपाइ भएको तथ्यांकले देखाएको छ । उच्च पहाडमा ९७.९३ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष सो क्षेत्रमा ९६.४४ प्रतिशत रोपाइ भएको थियो ।
मध्य पहाडी क्षेत्रमा ९१.१५ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष सो क्षेत्रमा ९४.१६ प्रतिशत धान रोपाइ भएको थियो ।
यस्तै तराई क्षेत्रमा ९५.१३ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष यस क्षेत्रमा ९५.७८ प्रतिशत धान रोपाइ भएको थियो ।