नेप्सेमा ५३ अंकको पहिरो जाँदा पनि यी हुन् मूल्य बढ्ने १३ कम्पनी

काठमाडौं । सेयर बजारमा फेरि पहिरो गएको छ । गत बुधबारदेखि निरन्तर पहिरो गएको बजारमा हिजो एकैदिन ७९ अंकको उछाल आए पनि आज फेरि उच्च अंकले घटेको हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । यससाता दैनिक औसतमा ११ अर्बको कारोबार हुँदै आएकोमा आज घटेर सवा ८ अर्बमा सीमित भएको छ ।

 

आज कारोबारमा आएका २१८ कम्पनीमध्ये जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

घट्दो बजारमा आज राधी विद्युत् कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, ङादी ग्रुप कम्पनीको पनि सेयर मूल्य ९ प्रतिशतले बढेको छ भने छ्याङ्दी, घलेम्दी हाइड्रोपावर र नेपाल इन्स्योरेन्सको मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

यसैगरी, घट्दो बजारमा आज आँखुखोला जलविद्युत् ४.२३ प्रतिशत, ग्लोबल आइएमई सम्मुनत फण्ड ३.६३, एचआइडीसीएल ३.६३, नेशनल हाइड्रो २.२२, समता माइक्रोफाइनान्स, कुमारी इक्वीटी फण्ड, लक्ष्मी इक्वीटी फण्ड र सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

सेयर बजारमा फेरि भीषण पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी Read Previous

सेयर बजारमा फेरि भीषण पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी

बाढीले मेलम्ची खानेपानीमा १ अर्बको क्षति, पानी आउन कम्तीमा ३ महिना लाग्ने Read Next

बाढीले मेलम्ची खानेपानीमा १ अर्बको क्षति, पानी आउन कम्तीमा ३ महिना लाग्ने