असार पहिलो साता बैंकहरुको निक्षेप शून्य, ऋण लगानी ३ अर्ब

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको व्यपारमा ठूलो असर परेको छ ।

 

निषेधाज्ञाका बीच जेठमा ३४ अर्ब ऋण लगानी गरेका बैंकहरुले असार पहिलो साता जम्मा ३ अर्बमा सीमित भएका छन् ।

 

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले असारको पहिलो सातामा वाणिज्य बैंकहरुले जम्मा ३ अर्ब कर्जा लगानी गरेका छन् ।

न्यून भए पनि कर्जा लगानी गरेका बैंकहरुको निक्षेप संकलन भने शून्य रहेको छ । असार पहिलो साता बैंकहरुले कुनै रकम निक्षेप संकलन गरेका छैनन् ।

 

असार पहिलो सातामा बैंकहरुले ३९ खर्ब ९१ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ५० अर्ब कर्जा लगानी गरेका छन् ।

नेपालमा नोकिया जी २० र जी १० लन्च, कति पर्छ मूल्य ? Read Previous

नेपालमा नोकिया जी २० र जी १० लन्च, कति पर्छ मूल्य ?

सरकारी कम्पनीले खाद्यान्नमा दिएको २० प्रतिशत छुट बन्द Read Next

सरकारी कम्पनीले खाद्यान्नमा दिएको २० प्रतिशत छुट बन्द