काठमाडौं । मेगा बैंकले फोनबाटै २ लाखसम्म कर्जा पाउने सुविधा ल्याएको छ । बैंकले एफवन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले यो कर्जा सुविधा ल्याएको हो ।
यस सुविधामार्फत मेगा बैंकमा मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरूले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।
बैंकले कुनै धितो नराखी बैंकमा उपस्थित नभई, कुनै कागजात बिनै तत्कालै फोनमार्फत कर्जा पाइने बैंकले जनाएको छ । यो कर्जा सुविधा निकै छिटो र सहज हुने बैंकले जनाएको छ ।
मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिने र कर्जा लिन इच्छुक ग्राहकहरूले बैंकको शाखा भ्रमण गर्नुनपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट नपर्ने बैंकले जनाएको छ ।