अब खेलाडीले पेयपदार्थको बोतल हटाए जरिवाना हुने

काठमाडौं । अब पत्रकार सम्मेलनमा खेलाडीले पेयपदार्थको बोतल हटाए जरिवाना हुने भएको छ ।

 

यूईएफएले युरोकप फुटबल अन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल हटाउनेलाई जरिवाना गरिने जनाएको हो ।

 

बोतल नहटाउन यूईएफएले टिम र खेलाडीलाई आग्रहसमेत गरेको छ । यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत दिएको छ ।

 

मंगलबार पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनमा कोकाकोलाको बोतल हटाएर पानीको बोतल उचालेका थिए ।

 

रोनाल्डोको उक्त क्रियाकलाप निकै चर्चामा रह्यो भने सेयर मूल्यमा गिरावट आउँदा  कोकाकोलाको एकैदिन करिब ४ खर्ब गुमाउन पुग्यो । त्यसको चर्चा सेलाउन नपाउँदै फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल त्यसैगरी हटाएका थिए ।

 

उनकै सिको गर्दै इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोला हटाएर पानी राखेका थिए । पछिल्लोपटक ‘हाइजनिक’ पेयपदार्थलाई खेलाडीहरुले ‘अभोइड’ गर्ने प्रचलन छ ।

हुम्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध Read Previous

हुम्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध

निषेधाज्ञामा कालोबजारी गर्ने ९७ फार्मलाई कारवाही, ४ करोडको म्याद गुज्रेका खाद्यान्न नष्ट Read Next

निषेधाज्ञामा कालोबजारी गर्ने ९७ फार्मलाई कारवाही, ४ करोडको म्याद गुज्रेका खाद्यान्न नष्ट