रेमिट्यान्स आप्रवाह १९ प्रतिशतले वृद्धि, १० महिनामा भित्रियो ८ खर्ब ९ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ विप्रेषण मुलुक भित्रिएको छ ।

 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत वैशाख मसान्तसम्मको आर्थिक विवरणमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा ६ खर्ब ८० अर्ब ८४ करोड रेमिट्यान्स आएको थियो ।

 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २.७ प्रतिशतले घटेको थियो ।

 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४९ प्रतिशतले घटेको छ ।

 

जर्मनीले ४ अर्ब ८० करोड अनुदान दिने Read Previous

जर्मनीले ४ अर्ब ८० करोड अनुदान दिने

याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउन निर्माण अघि बढाइँदै Read Next

याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउन निर्माण अघि बढाइँदै