उपत्यकामा २ देखि १२ दिन बिराएर धारामा पानी आउने, कुन ठाउँमा कति दिनमा ? (तालिकासहित)

काठमाडौं । असार १ गतेदेखि मेलम्चीको पानी नआउने भएपछि काठमाडौं उपत्यकामा खानेपानी वितरणको तालिका परिवर्तन गरिएको छ ।

 

काठमाडौं उपत्यकामा खानेपानी लिमिटेड (केयूकेएल) ले आज एक सूचना जारी गर्दै उपत्यकामा धारामा पानी आउने तालिका परिवर्तन भएको जानकारी गराएको हो ।

 

असार १ गतेदेखि नयाँ तालीका अनुसार खानेपानी वितरण हुने केयूकेएलले जनाएको छ । नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्रले अब २ दिनदेखि १२ दिनसम्म बिराएर खानेपानी वितरण गर्नेछ।

 

ललितपुरको सानेपा, कुपन्डोल, मंगलबजार क्षेत्रमा अब १२ दिनमा एकपटक मात्रै खानेपानी वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

 

तालिका अनुसार कीर्तिपुरमा सबैभन्दा कम २ दिन बिराएर खानेपानी वितरण हुने उल्लेख छ । यस्तै विभिन्न स्थानमा ४ दिन, ५ दिन, ७ दिन र ९ दिनको अन्तरमा खानेपानी वितरण हुने सूचनामा उल्लेख छ ।

 

चैत १५ गतेदेखि वितरण शुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो ।

कुन ठाउँमा कति दिन बिराएर धारामा पानी आउँछ ?

 

देशकै सबैभन्दा ठूलो कुखुरा फार्म, जहाँ छन् ३ लाख कुखुरा Read Previous

देशकै सबैभन्दा ठूलो कुखुरा फार्म, जहाँ छन् ३ लाख कुखुरा

बैंक चम्किँदा नेप्सेले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी १२ कम्पनीका लगानीकर्ता मालामाल Read Next

बैंक चम्किँदा नेप्सेले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी १२ कम्पनीका लगानीकर्ता मालामाल