आन्तरिक उडान खुलाउने तयारी

काठमाडौं । आन्तरिक उडान खुलाउने तयारी गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले असार पहिलो सातादेखि आन्तरिक उडान शुरु गर्ने तयारी गरेको हो ।

 

सामान्य समयमा जस्तो गरी उडान खुल्ला नगरिने भए पनि उडान संख्या घटाएर उडान गतिविधि बढाइने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

 

उनले अन्तर्राष्ट्रिय हवाइ उडान सुचारुको टुंगो नलागे पनि आन्तरिक उडानका विषयमा छलफल भइरहेको बताए । ‘आन्तरिक उडानका लागि असार १ गतेबाट उडान सुचारु गर्न एयरलाइन्सहरुले पहल गरिरहेका छन्,’ क्षेत्रीले चाणक्य पोष्टसँग भने ‘पहिलाको जस्तो सबै उडान खुला नगरे पनि एक स्थानका लागि एउटा मात्र उडान राख्न सकिने छ ।’

 

उनले कोभिड संक्रमणबाट सुरक्षित रहने गरी मापदण्ड पालना हुने गरी आन्तरिक उडान सुचारु गर्ने तयारी भइरहेको बताए ।एयरलाइन्स व्यवसायीहरुले आन्तरिक उडान सुचारु गर्न जोड दिइरहेकाले असार भित्रे उडान शुरु गरिने अनुमान गरिएको छ ।

 

नेपालमा दैनिक १४/१५ हजार यात्रुले जहाजमार्फत यात्रा गर्ने गरेको तथ्याङ्क छ । तर, सरकारले कोरोना भाइरसको महामारी बढेसँगै उडान रोक्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रियतर्फ समेत खासगरी खाडी मुलुकमा नियमित उडान खोल्नुपर्ने माग उच्च रहेको छ ।

 

मानिसहरुको भीड नहुने गरी, एक दिनमा एक स्थानका लागि एउटा मात्र जहाज उडान भरिने छ । यसले विमानस्थलमा भीडभाड कम हुने अनुमान गरिएको छ । सुरक्षाका लागि मास्क, सेनिटाइजर, फेस सिल्ड लगायतका वस्तुहरुको अनिवार्य प्रयोग गरिनु पर्नेछ ।

 

नागरिक उड्डयन प्राधिकरणले नेपालमा कोभिड १९ को दोस्रो लहर संक्रमण बढेलतै वैशाख २३ गतेबाट ३१ गतेसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको थियो ।

 

कोभिड १९ का कारण नेपालभर वैशाख १६ गतेबाट निषेधाज्ञा शुरु भएको थियो । हाल भारत, दोहा, स्तानबुल, चीन लगायतका देशका लागि दैनिक १/१ उडान भइरहेको छ । साउदी अरबको लागि समेत उडान खुल्ला गर्न गर्न सकिन्छ कि भन्ने सल्ला भइरहेको छ ।

 

दुबईले भने नेपाललाई रेड जोनमा राखेको छ । दुबईले नेपाली उडानलाई रोक लगाएको छ । अन्य राष्ट्रका लागि उडान खुल्ला गर्ने विषयमा अझै छलफल हुन सकेको छैन ।

 

खुकुलो बनाइएको निषेधाज्ञामा के-के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? (सूचीसहित) Read Previous

खुकुलो बनाइएको निषेधाज्ञामा के-के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? (सूचीसहित)

ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै Read Next

ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै