अब वर्कशप दिनभर खोल्न पाइने
चाणक्य पोष्ट
प्रकाशित : 5:22 pm, आइतबार, जेठ ३०, २०७८

काठमाडौं । अब निषेधाज्ञाका बेला पनि सवारीसाधन मर्मतका लागि वर्कशप दिनभर खोल्न पाइने भएको छ ।

 

आइतबार बसेको उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुको बैठकले निषेधाषा खुकुलो बनाउँदै वर्कशप दिनभर खोल्न दिने निर्णय गरेको हो ।

 

यसअघि बेलुका ९ बजेदेखि बिहान ९ बजेसम्म मोटरसाइकल तथा गाडी वर्कशप खोल्न दिइएको थियो ।

 

गत वैशाख १६ गतेदेखि उपत्यकामा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्ब्याइएको छ ।