विश्व बैंकले नेपाललाई ७ अर्ब दिने

काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६ करोड डलर (करिब ७ अर्ब २० करोड रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ ।

 

बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्र्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

 

बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोस व्यक्त गरेका छन् ।

 

“मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको छ”, यहाँस्थित बैंकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारीसाधन बीच बाटोमै अलपत्र Read Previous

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारीसाधन बीच बाटोमै अलपत्र

एचआइडीसीएलको सेयरमा किन झुम्मिए लगानीकर्ता, २४ लाख कित्ता माग हुँदा बेच्ने शून्य Read Next

एचआइडीसीएलको सेयरमा किन झुम्मिए लगानीकर्ता, २४ लाख कित्ता माग हुँदा बेच्ने शून्य