नबिल बैंकलाई ३० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डको अनुमति

काठमाडौं । नबिल बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।

 

बैंकले ७ वर्ष अवधिको ‘८% नबिल बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।

 

निष्काशन हुने कुल ३० लाख इकाईमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुल्ला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले अन्य संघसंस्थालाई विक्री गर्नेछ ।

 

यस ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । यसको विक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।

अमेरिकी खर्बपतिले कति तिर्छन् आयकर ? Read Previous

अमेरिकी खर्बपतिले कति तिर्छन् आयकर ?

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ८ कम्पनीका लगानीकर्ता भने मालामाल Read Next

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ८ कम्पनीका लगानीकर्ता भने मालामाल