अब वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने

काठमाडौं । अब प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) भित्र्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली–२०७८’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

‘विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुने छैन,’ विनियमावलीमा भनिएको छ, ‘तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व, तोकिएको ढाँचामा एकाईमा लिखित जानकारी दिनु पर्नेछ ।’

 

राष्ट्र बैंकको यस कदमले अब विदेशी लगानी भित्र्याउन सहज हुने र पूँजी जुटाउन टेवा पुग्ने राष्ट्र बैंकको विश्वास छ । यसअघि थोरै रकमको विदेशी लगानी ल्याउन समेत अनिवार्य राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था थियो ।

 

अब लगानीकर्ताले नेपाल भित्र्याउने विदेशी लगानी बापतको रकम बैंक तथा वित्तीय संस्थाले कागजातहरूको यकिन गरी सीधै सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्न सक्नेछन् ।

 

यद्यपि, सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन भने राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने छ ।

 

लगानीकर्ताले नेपाल भित्रिएको विदेशी लगानी बापतको रकमलाई लेखाङ्कन गराउन विदेशी लगानी भएको कम्पनी/उद्योग वा विदेशी लगानीकर्ताले विदेशी मुद्रा भित्रिएको ६ महिनाभित्र निवदेन पेश गर्नुपर्नेछ ।

 

यस्तो छ राष्ट्र बैंकले जारी गरेको  ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली-२०७८’

 

उत्पादित खोप धनी ६ देशको कब्जामा, २ अर्ब डोज उत्पादन हुँदा कुन देशको हातमा कति ? Read Previous

उत्पादित खोप धनी ६ देशको कब्जामा, २ अर्ब डोज उत्पादन हुँदा कुन देशको हातमा कति ?

विकास बैंक र फाइनान्स चम्किँदा नेप्सेले बनायो नयाँ कीर्तिमान, यी ३४ कम्पनीका लगानीकर्ता मालामाल Read Next

विकास बैंक र फाइनान्स चम्किँदा नेप्सेले बनायो नयाँ कीर्तिमान, यी ३४ कम्पनीका लगानीकर्ता मालामाल