सवा ८ लाख कित्ता आइपीओ ल्याउन लागेको नेष्डो लघुवित्तले पायो यस्तो रेटिङ

काठमाडौं । निकट भविष्यमै प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न लागेको नेष्डो समृद्ध लघुवित्तले रेटिङ सम्पन्न गराएको छ ।

 

लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

 

कम्पनीले आइपीओ जारी गर्न यसअघि नै ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 

पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको नेष्डोको अधिकृत पूँजी ५० करोड रुपैयाँ र जारी पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

'स्टार्टअप'को आवश्यक तयारीका लागि कार्यदल गठन Read Previous

'स्टार्टअप'को आवश्यक तयारीका लागि कार्यदल गठन

यससाता उपत्यकामा कुन विकास बैंकका कुन-कुन शाखा खुल्छन् ? (सूचीसहित) Read Next

यससाता उपत्यकामा कुन विकास बैंकका कुन-कुन शाखा खुल्छन् ? (सूचीसहित)