पुनर्बीमाको सेयर मूल्य अहिलेसम्मकै उच्च, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य अहिलेसम्मकै उच्च भएको छ । पछिल्लो दुई साता यता लगातार मूल्य बढ्दै आएको कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ९६ रुपैयाँ बढेर १८६१ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।

 

यसअघि पुनर्बीमाको सेयर मूल्य मंसिर १७ गते सर्वाधिक १८३६ रुपैयाँ पुगेको थियो । पछिल्लो समय कम्पनीले गत वर्षको नाफाबाट बोसर सेयर र हकप्रद समेत जारी गर्ने हल्ला चलाइएपछि कम्पनीको सेयर भाउ निरन्तर उकालो लागिरहेको छ ।

 

तीन साता अघि प्रतिकित्ता १४२६ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य यस अवधिमै ४०० रुपैयाँभन्दा धेरैले बढिसकेको छ ।

भेरी नदी पुलमा ठेकेदारको चरम लापारबाही, ९ वर्षमा जग पनि हालेन Read Previous

भेरी नदी पुलमा ठेकेदारको चरम लापारबाही, ९ वर्षमा जग पनि हालेन

बालुवाटारको जग्गा सरकारको नाम ल्याइँदै, ४९ जनालाई हकदाबी गर्न २१ दिनको म्याद (सूचनासहित) Read Next

बालुवाटारको जग्गा सरकारको नाम ल्याइँदै, ४९ जनालाई हकदाबी गर्न २१ दिनको म्याद (सूचनासहित)