ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई १ लाख दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

 

शुक्रबार पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर भित्र स्थायी रूपमा बसोबास गर्ने व्यक्तिको कोरोना संक्रमित भइ उपचारको क्रममा मृत्यु भएमा निजको परिवारलाई १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए ।

 

त्यस्तै, आइसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरूलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर निको भएकाहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।

 

महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ ।

बुद्धको एटीआर-७२ जहाजद्धारा तुम्लिङटारमा परीक्षण उडान, भाडा २३०० सस्तो हुने Read Previous

बुद्धको एटीआर-७२ जहाजद्धारा तुम्लिङटारमा परीक्षण उडान, भाडा २३०० सस्तो हुने

यस वर्ष मलको अभाव नहुने, ७० हजर टन स्टक, आयातका लागि १२ अर्ब विनियोजन Read Next

यस वर्ष मलको अभाव नहुने, ७० हजर टन स्टक, आयातका लागि १२ अर्ब विनियोजन