काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न विशेष साधारणसभा बोलाएको छ । बैंकले युनाइटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्न आगामी असार ५ गते विशेष साधारणसभा बोलाएको हो ।
यस्तै, युनाइटेडले पनि नबिलसँग बिलय हुने प्रस्ताव पारित गर्न सोही दिन विशेष साधरण सभा बोलाएको छ । नबिलले युनाइटेड फाइनान्सलाई १००ः३५ अनुपातमा प्राप्ति गर्न लागेको हो ।
विशेष साधारणसभा प्रयोजनाको लागि दुवै कम्पनीले जेठ १८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएका छन् । जेठ २७ गतेसम्म कायम नबिल बैंकका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।