असारदेखि मेलम्चीको पानी वितरण बन्द हुने, यस्तो छ कारण

काठमाडौं । सरकारले विगत दुई महिनादेखि वितरण गरेको मेलम्चीको खानेपानी बन्द हुने भएको छ । चैत १५ देखि वितरण शुरु गरिएको मेलम्चीको पानी असार १ गतेदेखि बन्द गर्न लागिएकोे मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

 

उनका अनुसार सुरुङको निरीक्षणका लागि पानी वितरण बन्द गर्न लागिएको हो । सुरुङमार्गमा कहीँकतै त्रुटी छन्छैनन भनेर जाँच गर्न पानी हाल्न बन्द गरी निरीक्षण गरिने उनले बताए ।

 

‘शुरुमा वितरण परीक्षण गर्दै पानी खाली भएपछि त्रृटी हेर्ने र मर्मत गरेर फेरि वितरण गर्ने भनिएको थियो, त्यसै अनुसार बन्द गर्न लागिएको हो,’ पन्तले चाणक्य पोष्टसँग भने । केही त्रुटी भेटिए मर्मतसम्भाव गरी पुनः पानी पठाइने उनको भनाइ छ ।

 

पानी बन्द गरे पछि खाली गर्न १५ दिन लाग्ने छ । त्रुृटी हेर्न एक हप्ता लाग्ने छ भने फेरि पानी भर्न १५ दिन लाग्ने हुँदा कुनै त्रुटी नभएको खण्डमा ४० दिनभित्र पानी फेरि वितरण शुरु गरिने उनले बताए । त्रुटी भेटिएको खण्डमा २ महिना भित्र पानी वितरण पुन सुरु गर्ने पन्तको भनाइ छ ।

 

यस्तै मेलम्चीको हेडवर्क्समा अझै काम हुँदै छ । हेडवर्कमा दुई वटा ठाउँमा क्रेन राख्ने काम बाँकी रहेको छ । क्रेन आयात गर्नु पर्ने भएकाले अहिले नहुँदा यसको काम रोकिएको हो । क्रेन आयात हुन साथ सो काम सम्पन्न हुने उनले बताए ।

 

हाल १७ करोड लिटर खाने पानी वितरण भइरहेको छ । सरकारले मेलम्ची पानी वितरण बढाउदै लैजाने बताएको थियो ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ९ वटा नयाँ पानी ट्यांकी र पाइपलाइनको परीक्षण गरेको हो । कुल १ लाख १० हजार धारा जोड्ने लक्ष्य रहेको थियो । अझै ३० हजार धारा जोड्न बाँकी रहेको छ । पुरानो धारा विस्थापन भएलगतै नयाँ धाराहरु जोड्दै गइने बताइएको थियो ।

 

मेलम्ची खाने पानी वितरण परीक्षणका क्रममा ३ सय बढी स्थानमा लिकेज भेटिएको थियो । सो लिकेज तत्काल मर्मत गरिएको आयोजनाको भनाइ छ ।

घरमै बसेर सिटिजन्स बैंकबाट २ लाखसम्म ऋण लिन पाइने, कुनै कागजात नचाहिने Read Previous

घरमै बसेर सिटिजन्स बैंकबाट २ लाखसम्म ऋण लिन पाइने, कुनै कागजात नचाहिने

खाद्यान्न र ग्यासमा २०% छुट लागू, अब ग्यास ११२० रुपैयाँमै पाइने, कुन खाद्यान्न कतिमा ? Read Next

खाद्यान्न र ग्यासमा २०% छुट लागू, अब ग्यास ११२० रुपैयाँमै पाइने, कुन खाद्यान्न कतिमा ?