काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । पछिल्ला दुई दिनमै करिब ५६ अकले घटेको बजार आज एकैदिन ५६ अंकले नै कमब्याक गरेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै साढे २ अर्बले बढेर सवा ११ अर्ब पुगेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ५५.७६ अंकले बढेर २८२७.१३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँ बराबरको २ करोड २६ लाख १३ हजार २९ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४७९.१३ अंकले बढेको छ ।
आज कारोबारमा आएका २१९ कम्पनीमध्ये १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमानिर्धन उत्थान लघुवित्त ३३ करोड र सानिमा माइ हाइड्रोपावर ३२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
उच्च अंकले बढेको बजारमा एक दर्जन कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनी र सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।
यस्तै, मञ्जुश्री, पोखरा, समृद्धि, जानकी गुह्येश्वरी, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बीमा र युनियन हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ७.२३ प्रतिशत गुमाएका छन् ।