सानिमा बैंकको मोबाइल बैंकिङ एपमा अब रेमिट्यान्स सेवा पनि उपलब्ध

काठमाडौं । सानिमा बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप सानिमा सजिलो ई –बैंकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।

 

जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैकिङ एपबाट पठाउन सक्नेछन् ।

 

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

 

यसका साथै मोबाइल बैंकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स” प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सक्नेछन् ।

 

ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई–बैंकिङको वेब भर्सनमा पनि उपलब्ध छ ।

 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटीएम संचालनमा रहेका छन् ।

महामारीमा पनि घटेन सरकारको विलासी मोह, गाडी किन्न दोब्बर बजेट विनियोजन Read Previous

महामारीमा पनि घटेन सरकारको विलासी मोह, गाडी किन्न दोब्बर बजेट विनियोजन

कोरोनाले शिथिल भारतको अर्थतन्त्र अर्को वर्ष ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण Read Next

कोरोनाले शिथिल भारतको अर्थतन्त्र अर्को वर्ष ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण