मर्स्याङ्दीमा ६९ मेगावाट विद्युत् उत्पादन

तनहुँ । तनहुँको आँबुखैरेनी–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ ।

 

गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो ।

 

सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इलोट्रिकल्स सुपरभाइजर शिवराम शर्माले जानकारी दिए।

 

उनका अनुसार केन्द्रले तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको छ । लामो समय खडेरी हुँदा विद्युत् उत्पादन घटे पनि हालको वर्षाका कारण विद्युत् उत्पादनमा वृद्वि भएको केन्द्रले जनाएको छ ।विद्युत् उत्पादन बढेपछि नेपाल विद्युत् प्राधिकरणको मागबमोजिम आपूर्तिमा सहयोग पुगेको छ ।

 

सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नु पर्ने वाध्यता रहेको छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ ।

 

यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

नेपालकै ठूलो धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिँदै Read Previous

नेपालकै ठूलो धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिँदै

प्रधानमन्त्री कृषि परियोजना 'जोन' थपेकोथप्पै, कार्यान्वयन फितलो हुँदा उत्पादन घट्दै Read Next

प्रधानमन्त्री कृषि परियोजना 'जोन' थपेकोथप्पै, कार्यान्वयन फितलो हुँदा उत्पादन घट्दै