रुरुलाई उछिन्दै राधी बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने हाइड्रो कम्पनी, कति पुग्यो भाउ ?

काठमाडौं । रुरु जलविद्युत परियोजनालाई उछिन्दै राधी विद्युत् कम्पनी सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने हाइड्रोपावर कम्पनी बनेको छ ।

 

पछिल्लो समय लगातार भाउ बढ्दै आएको राधीको सेयर मूल्य आज (११ः१५ बजेसम्म) प्रतिकित्ता ९५ रुपैयाँ बढेर ११६० रुपैयाँ पुगेसँगै सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी बनेको हो ।

 

यसअघि सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी बनेको रुरु भने दोस्रो स्थानमा झरेको छ । आज रुरुको प्रतिकित्ता १०५६ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

राधीले गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक ३६.५ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेसँगै तीनसातादेखि निरन्तर सेयर भाउ बढीरहेको छ । पछिल्लो दुई सातामै कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ५०० रुपैयाँले बढेको छ ।

 

हाल ४७ करोड ३५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको राधीको बोनस सेयर वितरण पछिचुक्ता पूँजी ६४ करोड ६३ लाख रूपैयाँ पुग्नेछ।

 

हाल नेप्सेमा सूचीकृति ३४ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । जसमा रुरु रराधी मात्र १ हजारभन्दा माथि सेयरमूल्य हुने कम्पनी हुन् ।

बजेटमा छुटैछुटको अफर, यी ३१ क्षेत्रमा पाइन्छ छुट, केमा कति ? Read Previous

बजेटमा छुटैछुटको अफर, यी ३१ क्षेत्रमा पाइन्छ छुट, केमा कति ?

उच्च प्राथमिकतामा सुरुङ र सडक, कुन आयोजनाले कति पाए बजेट ? Read Next

उच्च प्राथमिकतामा सुरुङ र सडक, कुन आयोजनाले कति पाए बजेट ?