काठमाठौं । सरकारले सेयर लगानीकर्तालाई दुई वर्गमा विभाजन गरेको छ ।
लामो समयदेखिको मागलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेटले सेयर लगानीकताई अल्पकालीन र दीर्घकालीन गरी दुई वर्गमा विभाजन गरेको हो ।
यससँगै, अब १ वर्ष नपुगी सेयर बेच्ने (अल्पकालीन लगानीकर्ता)ले ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ । यस्तै १ वर्ष वा सोभन्दा बढी अवधि सेयर होल्ड गरी बेच्ने (दीर्घकालीन लगानीकर्ता)ले ५ प्रतिशत मात्र कर तिरे हुने भएको छ ।
हाल लगानीकर्तालाई छुट्याइएको छैन भने कर पनि समान ५ प्रतिशत लगाइँदै आइएको छ ।