एकतिहाई सिमेन्ट उद्योग बन्द, माग नहुँदा अर्बौंको सिमेन्ट गोदाममै थन्कियो

काठमाडौं । वैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञका कारण ३० प्रतिशत सिमेन्ट उद्योगहरु बन्द अवस्थामा रहेका छन् । केही सिमेन्ट तथा उद्योग सञ्चालनमा आए पनि विक्री नभएका कारण कुनै कारोबार हुन नसकेको नेपाल सिमेन्ट उद्योग महासंघका अध्यक्ष ध्रुवराज थापाले बताए ।

 

उनका अनुसार अहिले आंशिक रुपमा केही सिमेन्ट उद्योगहरु सञ्चालनमा रहेका छन् । विभिन्न साना तथा ठूला विकास निर्माणका लागि २५ देखि ३० प्रतिशत सिमेन्ट खपत भइरहेको उनले बताए ।

 

उनले लोकल डिमान्ड नहुँदा प्रोजेक्टहरुमा मात्र सिमेन्टको माग रहेको बताए । अहिले आवश्यक पर्ने सिमेन्ट भएकाले विक्री नहुँदा मूल्य घटाएर दिनु परेको उनले बताए । ‘३० प्रतिशत उद्योग बन्द छ, डिमान्ड हुने भए सिमेन्ट त जति भने पनि छ तर, माग नै छैन,’ अध्यक्ष थापाले चाणक्य पोष्टसँग भने ।

 

सामान्य समयमा २० करोड बोरा सिमेन्ट माग हुने गरेको थियो । हाल त्यसको ३० प्रतिशत मात्र माग रहेको उनले बताए । पछिल्लो समय सिमेन्टको माग कम भए पनि उद्योगमा सिमेन्ट धेरै हुँदा घाटामा बेच्नु परेको उनले बताए ।

 

दैनिक ५० देखि ६० करोडको सिमेन्ट बजारमा विक्री हुने गरेको थियो । उनका अनुसार केही सिमेन्ट उद्योगीहरुसँग कच्चा पदार्थ (चुनढुंगा) नहुँदा उत्पादन शून्य रहेको छ । निषेधाज्ञमा हाडवेर पसलहरु बन्द अवस्थामा रहेकाले सिमेन्टको विक्री हुन नसकेको हो ।

 

नेपाल सिमेन्ट उद्योग महासंघ अन्तर्गत ३१ सिमेन्ट उद्योग रहका छन् । अध्यक्ष थापाका अनुसार नेपालभर ३ सय अर्ब रुपैयाँ लगानीको सिमेन्ट उद्योग रहेका छन् । सो उद्योग क्षेत्रमा कार्यरत ४ सय देखि ५ सय कर्मचारीलाई मासिक तलब पनि दिन नसक्ने अवस्थामा व्यवसायी पुगेको उनको भनाइ छ ।

 

साथै बन्दाबन्दी लम्बिँदै जाँदा फेरि धेरै सिमेन्ट उद्योग बन्द हुने अनुमान गरिएको छ । अहिले उद्योगहरुको गोदाममा नै अर्बौँको सिमेन्ट थन्किएर बसेको छ । जसले सिमेन्ट उद्योगले अर्बौँको घाटा व्यहोर्नु परेको थापा बताउँछन् ।

 

वार्षिक १० मिलियन टन खपत हुनेमा अहिले उत्पादन २० मिलियन टनमा सीमित भएको छ । तर, कोरोनाको समयमा कर्मचारी काम गर्न आउन सकेको छैन । यसले गर्दा सिमेन्ट उद्योग ठूलो धरासायीमा परेको उनले बताए ।

 

एकातिर आर्थिक मन्दी शुरु भएको छ भने अर्कोतिर कर्मचारीलाई मासिक तलब दिन नसक्दा उद्योगीहरु मारमा परेको उनी बताउँछन् ।

बिहानैदेखि निषेधाज्ञामा थप कडाइ, के-के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?(सूचीसहित) Read Previous

बिहानैदेखि निषेधाज्ञामा थप कडाइ, के-के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?(सूचीसहित)

सुनकोशीको बाढीले बगायो निर्माणाधीन मोटेरेबल पुल Read Next

सुनकोशीको बाढीले बगायो निर्माणाधीन मोटेरेबल पुल