हाइड्रो चम्किँदा सेयर कारोबारले बनायो ऐतिहासिक रेकर्ड, यी २० कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । हाइड्रो र विकास बैंक समूह चम्किँदा सेयर कारोबारले ऐतिहासिक रेकर्ड बनाएको छ ।

 

तीव्र उतरचढाव देखिएको बजारमा आज एकैदिन साढे १४ अर्बको कारोबार हुँदै नयाँ कीर्तिमान रचेको छ । एकैदिन यति धेरै कारोबार भएको इतिहासमै पहिलोपटक हो । यसअघि सोमबार (जेठ १० गते) १३ अर्ब १७ करोडको सर्वाधि कारोबार भएको छ ।

 

कारोबार रकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक कित्ता कारोबारको पनि रेकर्ड बनेको छ । आज एकैदिन २ करोड ७६ लाख कित्ता सेयर किनबेच भएको छ । यो हालसम्मकै धेरै हो । यसअघि यही सोमबार एकैदिन सर्वाधिक २ करोड ५१ लाख कित्ता सेयर किनबेच भएको थियो ।

 

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत सेयर बजारलाई केही कडाइ गरेपछि बजार घट्ने अनुमान गरिएको भए पनि बजारले नयाँ रेकर्ड बनाएको हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से १.२० अंकले घटेर २८१५.४० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने ६ समूहको सूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ६ प्रतिशतले बढेको भने हाइड्रोपावर साढे ४ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १९१ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१५ कम्पनीमध्ये १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ४३ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण काबेली र चिलिमेको समान ३७३७ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

झिनो अंकले घटेको बजारमा आज २० कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । खानीखोला, युनाइटेड मोदी र नेपाल हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, अरुण काबेली, रिडी, जोशी, अपी, दिव्यश्वरी, राधि, शिवश्री, हिमाल दोलखा, सानिमा माइ, पञ्चकन्या माइ, बुटवल पावर, युनियन, घलेम्दी, युनिभर्सल पावर, आँखुखोला र माउन्टेन हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज समता घरेलु लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ५.२३ प्रतिशत गुमाएका छन् ।

युनिलिभरलाई उछिन्दै राष्ट्रिय बीमा बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी, प्रतिकित्ता कति छ भाउ ? Read Previous

युनिलिभरलाई उछिन्दै राष्ट्रिय बीमा बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी, प्रतिकित्ता कति छ भाउ ?

खाद्यान्न सकियो ? यी नम्बरमा फोन गरेर अर्डर गर्नुस्, सरकारी कम्पनीले घरमै ल्याइदिन्छ Read Next

खाद्यान्न सकियो ? यी नम्बरमा फोन गरेर अर्डर गर्नुस्, सरकारी कम्पनीले घरमै ल्याइदिन्छ