राधी बन्यो १ हजारमाथि सेयर मूल्य हुने दोस्रो हाइड्रो कम्पनी, प्रतिकित्ता कति पुग्यो भाउ ?

काठमाडौं । राधी विद्युत् कम्पनी सेयर बजारमा १ हजार रुपैयाँ माथि सेयर मूल्य हुने दोस्रो कम्पनी बनेको छ ।

 

आज (१२ बजेसम्म) कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँ बढेर १०३० रुपैयाँ पुगेको छ । यससँगै राधी नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये दोस्रो महँगो सेयर मूल्य हुने कम्पनी बनेको छ ।

 

राधीले गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक ३६.५ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेसँगै दुईसातादेखि निरन्तर सेयर भाउ बढीरहेको छ । पछिल्लो दुई सातामै कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ४०० रुपैयाँले बढेको छ ।

 

हाल नेप्सेमा सूचीकृति ३४ वटा हाइड्रोपावर कम्पनीमध्ये रुरु जलविद्युत् परियोजना सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी हो । आज रुरुको सेयर प्रतिकित्ता १०६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

हाल ४७ करोड ३५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस सेयर वितरण पछिचुक्ता पूँजी ६४ करोड ६३ लाख रूपैयाँ पुग्नेछ।

काठमाडौंका तीन स्थानमा पुनः देखियो बर्डफ्लु Read Previous

काठमाडौंका तीन स्थानमा पुनः देखियो बर्डफ्लु

सीडीओको उर्दीले कोरोना नियन्त्रण होइन फैलने डर, खाद्यान्न पसलमा थामीनसक्नु भीड Read Next

सीडीओको उर्दीले कोरोना नियन्त्रण होइन फैलने डर, खाद्यान्न पसलमा थामीनसक्नु भीड