पोको एफ ३ नेपालमा सार्वजनिक

काठमाडौं । इन्डष्ट्रि रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले एफ ३ सार्वजनिक गरेको छ । एक छिटो र बलियो उपकरण पोको एफ ३ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यु रिफ्रेस रेट एमोलेड स्क्रीन रहेको शाओमीले जनाएको छ ।

 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली पोकोको स्मार्टफोन, पोको एफ ३ क्वालकम, स्न्यापड्रागन, ८७० ५ जी मोबाइल प्लाटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ साथै डोल्बी एटमोस अडियो रहेको बताए ।

 

यस स्मार्ट फोनमा रियर क्यामेरामा ४८ एमपीको मेन क्यामेरा रहेको छ । जुन १.६ माइक्रोमिटर ४–इन–१ लार्ज पिक्सेल, ११९ डिग्री अल्ट्रा–वाइड लेन्स र ५ एमपीको टेली म्याक्रो क्यामेराको साथ उपलब्ध रहेको जनाइएको छ ।

 

पोको एफ ३ आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा उपलब्ध छ । यी फोन मे ३० बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

६ जीबीं१२८ जीबीको भेरियन्टको नेपाली मूल्य ४७ हजार र ८ जीबी २५६ जीबीको भेरियन्टको ५२ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 

पोको नेपालले जुन ३०, २०२१ भन्दाअघि पोको एफ ३ खरिद गर्ने उपभोक्तालाई एक वर्षको ब्रेकेज इन्स्योरेन्स प्रदान गर्ने जनाइएको छ ।

७ वर्षमा बल्ल बन्यो त्रिशुली नदीमा पक्की पुल, सञ्चालनमा नआउँदा अझै सास्ती Read Previous

७ वर्षमा बल्ल बन्यो त्रिशुली नदीमा पक्की पुल, सञ्चालनमा नआउँदा अझै सास्ती

साढे २ करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट, फोरजी प्रयोगकर्ता ७६ लाख Read Next

साढे २ करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट, फोरजी प्रयोगकर्ता ७६ लाख