सेयर बजारमा झिनो करेक्शन, यी ७ कम्पनीका लगानीकर्ता भने मालामाल

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाता दैनिक नयाँ रेकर्ड बनाउँदै आएको बजारमा आज झिनो करेक्शन आएको हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ६.४७ अंकले घटेर २८१६.६० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ बराबरको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने ७ समूहको सूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४३१.५९ अंकले बढेको छ भने विकास बैंक समूह ५३.४८ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१९ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एशियन लाइफ ३२ करोड र एचआइडीसीएल ३० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

घट्दो बजारमा पनि ४ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । वरुण हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, युनिभर्सल पावर र घलेम्दी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, दिव्यश्वरी हाइड्रोपावर, साधना लघुवित्त र आँखुखोला हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
घट्दो बजारमा आज मल्टिप्रपोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.२२ प्रतिशत गुमाएका छन् ।

भिसा पाएका २५ हजार युवा रोजगारीमा जान वञ्चित, पठाउन छैन सरकारको पहल Read Previous

भिसा पाएका २५ हजार युवा रोजगारीमा जान वञ्चित, पठाउन छैन सरकारको पहल

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, अन्तिम सम्झौतामा हस्ताक्षर Read Next

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, अन्तिम सम्झौतामा हस्ताक्षर