शेयर बजार सातामा १४ अंकले घट्यो

काठमाडौं । यस साता पनि सेयर बजारले आफ्नो ओरालो यात्रा कायमै राखेको छ । अघिल्लो साता २५ अंकले घटेको बजार यो साता १४.५२ अंकले घटेको छ ।

 

कारोबार भएको पाँच दिनमा मध्ये सोमबार बाहेक सबै दिन बजार रातो भएको छ । आईतबार १२३८.५६ अंकबाट सुरु भएको बजार साताको अन्तिम दिन बिहीबारसम्म १२२४.०४ अंकमा आइपुगेको छ ।

 

साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक सूचक १.८६ अङ्कले घटेको छ। आज १५९ कम्पनीको ४२ करोड ४३ लाख २३ हजार १२८ रुपैयाँमा कारोबार भएको छ । १६ लाख १० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् ।

 

 

आज कारोबार रकमको आधारमा माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । यसको ५ करोड ३७ लाख ८६ हजार २१३ रुपैयाँको कारोबार भएको छ। यस्तै कारोबार रकमकै आधारमा दोस्रोमा रहेको सनराइज बैकको संस्थापक शेयर ४ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

 

 

आज कारोबार भएका १२ समूहको सूचक मध्ये ७ समूहको सूचक बढेको छ भने ५ समूहको सूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन समूहको कारोबार २३.८३% ले बढेको छ भने जलविद्युत्त समूहको सबैभन्दा धेरै ७.९५ अंकले घटेको छ ।

 

आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको मूल्य ६.५६% ले बढेको छ भने वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सबैभन्दा धेरै ५.६०% ले घटेको हो ।

 

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति Read Previous

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौंका सडक चिटिक्क बनाउँदै महानगर Read Next

काठमाडौंका सडक चिटिक्क बनाउँदै महानगर