अब बैंकहरुले उपत्यकामा ६ वटा मात्रै शाखा खोल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुले अब एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण बढ्दै गएपछि बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

 

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा बढीमा ६ वटा, विकास बैंकले ४ वटा र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्न पाउने भएका छन् ।

 

वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा जम्मा ६ वटा मात्रै शाख खोल्न पाउनेछन् ।

 

यस्तै विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरी जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक-एकवटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।

 

बैंकले एउटै शाखा लगातार खोल्ने नभइ आलो-पालो गरेर खोल्न पाउनेछन् । हाल बैंकका १० हजारभन्दा बढी कर्मचारी कोरोना संक्रमित भइसकेको जनाइएको छ ।

दक्षिण कोरियाको वैदेशिक ऋण हालसम्मकै उच्च, बाह्य दायित्व ५६६ अर्ब डलर पुग्यो Read Previous

दक्षिण कोरियाको वैदेशिक ऋण हालसम्मकै उच्च, बाह्य दायित्व ५६६ अर्ब डलर पुग्यो

विकास बैंक चम्किँदा नेप्सेले बनायो ऐतिहासिक रेकर्ड, यी १६ कम्पनीका लगानीकर्ता मालामाल Read Next

विकास बैंक चम्किँदा नेप्सेले बनायो ऐतिहासिक रेकर्ड, यी १६ कम्पनीका लगानीकर्ता मालामाल