साढे ६४ करोड मुद्दती र कल निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे ६४ करोड रुपैयाँ निेक्षमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती र कल निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ लगानी गर्ने भएको छ ।

 

बैंकले मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्नेछ ।राष्ट्र बैंकले लघुवित्त संस्था सुपरीवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको रहेको उक्त रकम मुद्दती तथा कल निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ ।

 

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती तथा कल निक्षेपमा लागानी गरिने उल्लेख छ ।बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाइ आवेदन दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

 

बैंकले यही जेठ ११ गते बेलुका ४ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन सूचनामार्फत आग्रह गरेको छ ।बैंकले त्यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम भएको हुनुपर्नेछ ।

 

त्यस्तै खराब कर्जा कुल कर्जा सापटको ५ प्रतिशत वा सोभन्दा बढी नरहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा बैंक मुनाफामा रहेको हुनुपर्ने लगायतको सर्त राखेको छ ।

नेपाल हुँदै चीन र भारत जोड्ने सडक निर्माण रोकियो, अब ४ किमी मात्र ट्रयाक खोल्न बाँकी Read Previous

नेपाल हुँदै चीन र भारत जोड्ने सडक निर्माण रोकियो, अब ४ किमी मात्र ट्रयाक खोल्न बाँकी

दक्षिण कोरियाको वैदेशिक ऋण हालसम्मकै उच्च, बाह्य दायित्व ५६६ अर्ब डलर पुग्यो Read Next

दक्षिण कोरियाको वैदेशिक ऋण हालसम्मकै उच्च, बाह्य दायित्व ५६६ अर्ब डलर पुग्यो